२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


पाकिस्तानमा अदालतसहित दुई सहरमा आत्मघाती विस्फोट, १८ जना मारिए


0
Shares

काठमाडौं, भदौ १७ । पाकिस्तानको मर्दान र पेशावरमा शुक्रबार भएको आत्मघाती विस्फोटमा कम्तिमा १८ जनाको मृत्यु भएको छ । विस्फोटमा परी ५७ बढी घाइते भएका छन् ।

उत्तरी पाकिस्तानको मर्दानस्थित अदालतसहित दुई ठाउँमा भएको आत्मघाती विस्फोटमा १३ जनाको मृत्यु भएको हो । उक्त घटनामा ५२ जना घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणकारीले अदालत प्रवेश गर्नुअघि हाते डेटोनेटर फ्याँकेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि, शुक्रबारै पेशावरको बारसाकस्थित क्रिस्चियन कोलोनीमा चारजना आत्मघातीले आक्रामण गर्न खोज्दा सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका थिए ।

सो घटनामा थप एकजनाको मृत्यु हुनुका साथै अरु पाँचजना घाइते भएका थिए । सुरक्षाकर्मीले पहिल्यै सतर्कता अपनाउँदा ठूलो घटना हुन नपाएको जनाइएको छ ।

दुबै घटनाको जिम्मा आतंकवादी समूह ‘जमातुल अरहार’ले लिएको छ ।

यो समूह अर्को आतंकवादी समूह ‘तहरिक ए तालिबान’बाट छुट्टिएर बनेको हो ।