बासुदेव बर्मा
कपिलबस्तु, चैत २९ । मुस्लिम अल्पसंख्यक बालबालिका अध्ययनरत मदरसा शिक्षालाई सरकारी विद्यालयसरह मान्यता दिन मुस्लिम अगुवाहरुले माग गरेका छन् ।
कपिलबस्तुको कृष्णनगरस्थित जामिया सिराजुल उलुम अल–सलफिया स्कुलको वार्षिकोत्सवमा राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मसहद खाँ नेपालीले मदरसाबाट पढेका विद्यार्थीहरु बाहिर पढ्न जानका लागि सहज वातावरण मिलाइनुपर्ने बताए ।
राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अल्कूफीले धार्मिक मदरसालाई नेपाल सरकारले सरकारी विद्यालयसरह मान्यता नदिएर मुस्लिम समुदायमाथि विभेद गरेको आरोप लगाए ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश सरकारले मदरसा बोर्ड गठन गर्ने बताए । मुस्लिम समुदाय तराईका दलितभन्दा पछि परेकाले प्रदेश सरकारले ‘मदरसा बोर्ड गठन’ गर्न लागेको उनले बताए ।
उनले मदरसा शिक्षालाई रुपान्तरित गर्न आवश्यक रहेकाले अब मदरसामा पनि नेपाली, विज्ञान, गणित, अंग्रेजीजस्ता विषयलाई समावेश गरी त्यहाँबाट वैज्ञानिक, इञ्जिनियर, डाक्टर बन्नसक्ने शिक्षा दिनुपर्ने धारणा राखे ।










प्रतिक्रिया दिनुहोस्