३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


विप्लव समूहका मकवानपुर इन्चार्ज पक्राउ


0
Shares

हेटौंडा, चैत २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज वीरबहादुर घलानसहित दुई जनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ८ फायरलाइनमा चेकजाँचका क्रममा जिल्ला इन्चार्ज घलान र वीरबहादुर मोक्तानलाई सशस्त्र प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको मकवानपुर प्रहरी प्रवक्ता सागरविक्रम राणाले जानकारी दिए ।

उनीहरुमाथि थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।