फिलिपिन्सको डावाओमा गराइएको बम आक्रमणमा १२ जना मारिए • Image Khabar Image Khabar


फिलिपिन्सको डावाओमा गराइएको बम आक्रमणमा १२ जना मारिए


Imagekhabar
१८ भाद्र २०७३, शनिबार १६:००

फिलिपिन्सको डावाओमा गराइएको बम आक्रमणमा १२ जना मारिए

काठमाडौं, भदौ १८ । फिलिपिन्सको दक्षिणी शहर डावाओमा गराइएको बम आक्रमणमा कम्तिमा १२ जना मारिएका छन् ।

राष्ट्रपति रोड्रिगो डुटरेटको गृहनगर डावाओको व्यस्त बजारमा बम विस्फोट गराइएको हो । रातको बेला गराइएको विस्फोटमा परी ३० जना भन्दा धेरै घाइते भएको सरकारी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विस्फोटको कारण पत्ता लागेको छैन भने अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । राष्ट्रपति रोड्रिगो गृहनगर डावाओको भ्रमणमा रहेका बेला विस्फोट गराइएको हो ।

राष्ट्रपति रोड्रिगोलाई भने केही भएको छैन । यस वर्षको सुरुमा रोड्रिगो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । त्यसअघि उनी २० वर्षसम्म डावाओको मेयर रहेका थिए । (एजेन्सी)  

प्रतिक्रिया दिनुहोस्