
पाँचथर, भदौ १८ । पाँचथर सराङडाँडा–४ का १० वर्षिय वालक भगिश्वर नेपाली बुवा आमा पनि गुमाए,आमालाई वचाउन भन्दै घरपरिवारले खर्च गरेको झण्डै पाँच लाख रुपैया ऋण अहिले पनि उनको टाउकोमा त्यसै छ, तर यो समाचार इमेज खवरले केहि साता अघि प्रकाशन तथा प्रशारण गरेपछि उनलाई सहयोग गर्न सहयोगी हातहरु फेला परेका छन् ।
यसैक्रममा जिल्लाका विभिन्न संघ संस्थाले शुक्रबार साँझ सदरमुकाम फिदिममा एक कार्यक्रमको आयोजना गरी ६ हजार रुपैयाँ नगद तथा शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
सहयोगी आँखाका अध्यक्ष कमल थपलियाले रु ५ हजार र नेपाल सुनचाँदी ब्यवसायि संघ पाँचथर जिल्ला अध्यक्ष विमल धमलाले रु १ हजार, जनसेवा समाज पाँचथरले विद्यालयका पोशाक, तथा अन्य ब्यक्तिहरुले लत्ताकपडा,फिदिमका अन्य ब्यवसायिहरुले शैक्षिक सामाग्री,जुत्ता,झोला लगायतका सामाग्री प्रदान गरिएको सहयोग संकलकर्ताका अभियान्ता तथा जनसेवा समाज पाँचथर जिल्ला अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।
जिल्लाका विभिन्न संघ संस्था,र उद्योगि ब्यवसायि बाट रकम संकलन गरी अक्षयकोष स्थापना गर्ने र अक्षयकोषमा जम्मा गरिएको ब्याज बाट भगिश्वर नेपालीलाई शैक्षिक सामाग्री खरिद गर्न तथा उनको पढाईमा खर्च गर्ने सहयोगी आँखाका अध्यक्ष थपलियाले बताए ।
वैदेशिक रोजगारीमा गएका बुबा रामबहादुर नेपालीले २५ पुस २०७१ मा मलेसियामै ज्यान गुमाए । घरमा श्रीमती विरामी थिइन् ।
त्यो खर्च घर पठाउने तयारी गर्दागर्दै उनको पैसाकै लागि हत्या भएको थियो ।
श्रीमानको हत्या भएको खबर आएपछि उनी थला नै परिन् । चेकजाँच गराउने क्रममा पत्ता लाग्यो उनको दवै मृगौलाले काम गर्न छाडेछन् । विराटनगर हुँदै काठमाडौंसम्म लगेर उपचार गरिए पनि उनको ज्यान बचेन ।
अन्नतः २० माघ २०७२ मा उनले पनि धर्ती छाडिन् । आमा बुबा दुवै गुमाएका भगीश्वरले अहिले ठूलो बुबा खड्गबहादुरकै घरमा संरक्षण पाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्