१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


इन्द्रजात्राका लागि लिंगो लिन भक्तपुरतिर


0
Shares

काठमाडौं, भदौ १८ । ऐतिहासिक र धार्मिक महत्व बोेकेको काठमाडौंको इन्द्रजात्रा पर्वका लागि चाहिने लिंगो लिन मानन्धर समुदाय शनिबार भक्तपुर प्रस्थान गरेको छ ।

मानन्धर समुदाय शनिबार बिहान ११ बजेर १५ मिनेटको शुभसाइतमा काठमाडौंको बसन्तपुरबाट भक्तपुरतर्फ प्रस्थान गरेको हो ।

भक्तपुरको चितपोलबाट यही भदौ २४ गते बिहान ७ बजेर ४५ मिनेटको शुभसाइतमा हनुमानढोकामा लिंगो ल्याइनेछ ।

उक्त लिंगो भदौ ३० गते इन्द्रजात्राको दिन ठड्याइने गरिन्छ ।