विश्वकै सबैभन्दा लामो सिसाको पुल खुला गरिएको १३ दिनमै बन्द • Image Khabar Image Khabar


विश्वकै सबैभन्दा लामो सिसाको पुल खुला गरिएको १३ दिनमै बन्द


Imagekhabar
१८ भाद्र २०७३, शनिबार २२:१०

विश्वकै सबैभन्दा लामो सिसाको पुल खुला गरिएको १३ दिनमै बन्द

काठमाडौं, भदौ १८ । चीनको हुनान प्रान्तस्थित झाङग्जीयजीमा विश्वकै सबैभन्दा लामो र अग्लो स्थानमा रहेको सिसाको पुल सर्वधारणका लागि खुला गरिएको १३ दिनमै बन्द गरिएको छ ।

जरुरी ममर्तका लागि भन्दै पुल बन्द गरिएको हो । पुल कहिले पुनः खुल्ने भन्नेबारे केही खुलाइएको छैन ।

पुलमा कुनै दुर्घटना नभएको, पुल नचर्किएको र नभाँच्चिएको सरकारी भनाइ छ ।

४ सय ३० मिटर लामो यो पुलले दुईओटा पहाडलाई जोडेको छ । पुलमा ९९ टुक्राका तीन तहमा पारदर्शी सिसाहरु जोडिएको छ ।

गत डिसेम्बरमा निर्माण पूरा भएको ६ मिटर चौडा सिसाको पुल जमिनबाट ३ सय मिटर उचाइमा छ ।

यस पुलमा दैनिक ८ हजार व्यक्तिलाई हिँड्न दिइने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

इजरायली आर्किटेक्ट हैयम डोतानले यो पुलेको डिजाइन गरेको हुन् । चीनका अरु स्थानमा पनि पर्यटकमाझ सिसाको पुल निकै लोकप्रिय छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्