टेन्डी शेर्पाले जिते सूर्य नेपाल ‘मन्थ्ली मेडल’ गल्फको सातौं चरणको उपाधि • Image Khabar Image Khabar


टेन्डी शेर्पाले जिते सूर्य नेपाल ‘मन्थ्ली मेडल’ गल्फको सातौं चरणको उपाधि


Imagekhabar
१९ भाद्र २०७३, आईतवार ०१:५०

टेन्डी शेर्पाले जिते सूर्य नेपाल ‘मन्थ्ली मेडल’ गल्फको सातौं चरणको उपाधि

काठमाडौं, भदौ १८ । सूर्य नेपाल ‘मन्थ्ली मेडल’ गल्फको सातौं चरणको उपाधि टेन्डी शेर्पाले जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा शनिबार भएको खेलमा टेन्डीले एक अन्डर पार ७१ को स्कोरकार्डका साथ उपाधि जित्न सफल भएका हुन् ।

पवित्र कार्की, रविन राना र सन्जय पौडेलले इभन पार ७२ को स्कोरकार्ड बनाउँदा काउन्ट ब्याकमा अगाडि पर्दै पवित्र रनरअप हुँदा रविन तेस्रो भए ।

पृथ्वी मल्लले पाँच ओभर पार ७७ को स्कोरकार्ड बनाउँदै बेस्ट ग्रसको उपाधि जिते ।

त्यस्तै, अर्नभ शाहले पाँच ओभर पार ७७ को स्कोरकार्डका साथ जुनियरको उपाधि जिते ।

प्रतियोगितामा ३५ गल्फरले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्