बंगलादेशमा एक शक्तिशाली नेतालाई फाँसी दिइयो • Image Khabar Image Khabar


बंगलादेशमा एक शक्तिशाली नेतालाई फाँसी दिइयो


Imagekhabar
१९ भाद्र २०७३, आईतवार १४:१९

बंगलादेशमा एक शक्तिशाली नेतालाई फाँसी दिइयो

काठमाडौं, भदौ १९ । बंगलादेशमा उद्योगपति तथा एक शक्तिशाली नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ ।

बंगलादेशको इस्लामी पार्टी जमात ए इस्लामीका नेता मीर कासिम अललाई फाँसी दिइएको हो ।

मीरलाई ४५ बर्षअघि बंगलादेश स्वतन्त्रताका लागि भएको आन्दोलन दबाउन संलग्न भएको भन्दै बंगलादेशको अदालतले दोषी ठहर गरेको थियो ।

उनकै नेतृत्वमा पाकिस्तान समर्थित सेनाले चितगाउँमा सर्वसाधारणको सामुहिक हत्या गरेको थियो ।

पूर्वी पाकिस्तान सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो । युद्ध अपराधमा फाँसी पाउने मीर छैठौं नेता हुन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्