२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भारतीय प्रहरीद्धारा २२ नेपाली महिलाको उद्धार


0
Shares

काठमाडौं, भदौ १९ । भारतीय प्रहरीले २२ नेपाली महिलाको उद्धार गरेको छ । दिल्ली पुर्‍याइएका २२ नेपाली महिलाको भारतीय प्रहरीले उद्धार गरेको हो ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटलबाट उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासको सूचनाका आधारमा उद्धार गरिएको जनाइएको छ । दिल्ली पुर्‍याइएका मध्ये एक जना होटलबाट भागेर नेपाली दूताबास पुगेपछि उद्धार गर्न सम्भव भएको हो ।

२२ महिलाको उद्धार गरेको र दुई अभियुक्तको पहिचान भएको दिल्ली प्रहरीका रबीन्द्र यादवले समाचार एजेन्सी एएफपीलाई जानकारी दिएका हुन् ।

उद्धार गरिएकाहरुको बयान लिने काम सकिएको तथा धेरैलाई कतार र मध्यपूर्वका देशहरुमा लैजान लागिएको पनि खुलेको छ ।

महिलालाई दिल्ली पुर्‍याइएपछि पासपोर्ट र अरु कागजपत्र दलालले लिएर गएको प्रहरीले जनाएको छ ।