
ताप्लेजुङ, भदौ १९ । पहिरोले दर्जनौं स्थानमा सडक भत्काएपछि अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडक खण्ड खुलाउन अझै केही दिन लाग्ने भएको छ ।
करिब एक किलोमिटर सडक पुरै बगाएकाले नयाँ ट्रयाक खोल्नुपर्ने हुँदा पूर्ण रुपमा सडक सञ्चालन गर्न अझै केहि दिन लाग्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।
जिल्लामा साना स्काभेटर मात्र रहेको र ठूलो स्काभेटर नभएकाले जिल्ला बाहिरबाट ल्याउनुपर्ने हुँदा समय लाग्ने भएको हो ।
पहिरोले बगाएको भागमा नयाँ ट्रयाक खोल्न झापाको दमकबाट ठूलो स्काभेटर मगाइएको र भोलिबाट मात्र बनाउन सकिने सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
सडक अबरुद्ध हुँदा ताप्लेजुङबाट पाँचथर हुँदै ईलाम, झापा साथै देशका विभिन्न स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने कोही हिंडेरनै पहिरो पार गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्