
पाँचथर, भदौ १९ । जिल्ला प्रहरी कार्यालय पाँचथर र सामुदायिक सेवाकेन्द्र पाँचथरले वैदेशिक रोजगारीमा जाने युवा युवतीलाई परामर्श दिन डेस्क स्थापना गरेका छन् ।
वैदेशिक रोजगारीमा जान राहदानीको सिफारिश लिन आउने सेवाग्राहीलाई परामर्श दिन प्रहरीले जिल्ला प्रशासन कार्यालय पाँचथरमा परामर्श डेस्क स्थापना गरेको हो ।
परामर्श डेस्कमा जिल्ला प्रहरी कार्यालयबाट खट्ने कर्मचारीले वैदेशिक रोजगारीमा गएका व्यक्तिले भोग्नु परेका समस्या, त्यसबाट सुरक्षित हुने उपाय, वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनु पर्ने सावधानी, कानूनी प्रावधान र विदेशमा लामो समय रहँदा घर परिवारमा सिर्जना हुने समस्या लगायत विषयमा परामर्श तथा सल्लाह दिइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्