काठमाडौं, भदौ १९ । नेपाल रेडक्रस सोसाइटीको ५४ औं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, गणबहाल उपशाखाले आइतबार राजधानीको गणबहालमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
स्वास्थ्य शिविरमा मधुमेह, थाइराइडका बिरामीको निःशुल्क स्वास्थ्य जाँचका साथै मधुमेहका कारण आउनसक्ने अन्धोपनको पनि परीक्षण गरिएको थियो । कार्यक्रममा रक्तदान पनि गरिएको थियो ।
मानवीय उद्धार गर्ने उद्देश्यले रेडक्रसको स्थापना एक सय ५३ वर्षअघि स्थापना जाँ हेनरी ड्यूनाले स्वीट्जरल्याण्डको जेनेभामा स्थापना गरेका हुन् ।
नेपालमा भने ५४ वर्षअघि प्रिन्सेप शाहको अध्यक्षतामा सिंहदरबारको कैलाश बैठकमा नेपाल रेडक्रस सोसाइटीको स्थापना गरिएको थियो । हाल ७५ वटै जिल्लामा रेडक्रसका शाखा छन् भने देशभर १६ सय उपशाखा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्