२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संगीता होटलमा आगलागी हुँदा संगीताकै मृत्यु


0
Shares

जाजरकोट, भदौ १९ । जाजरकोटको भेरीमालिका नगरपालिका वडा नम्बर ४, शान्ति चौतारास्थित संगीता होटेलमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नायकवाडा– २ की ३० वर्षीया संगीता खत्री बोहरा रहेकी छन् ।

आगलागीमा परी चारजना घाइते भएका छन् । उक्त होटलमै पेट्रोल पसल समेत रहेकाले पेट्रोलबाट आगो सल्किएको अनुमान गरिएको छ ।

आगलागीबाट दुईवटा मोटरसाइकलसहित ३५ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।