
काठमाडौं, भदौ २० । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएका छनौट चरणका खेलहरुमा इंग्लण्ड, जर्मनी र डेनमार्क विजयी भएका छन् ।
युरोपेली छनौटको समुह सी को खेलमा जर्मनीले नर्वेलाई ३-० ले हरायो । विश्व च्याम्पियन जर्मनीको लागि थोमस मुलरले दुई तथा जोसुवा किमिचले एक गोल गरे ।
यही समुहको अर्को खेलमा चेक गणतन्त्र र नदर्न आयरल्याण्डले गोलरहित बराबरी खेल्दा अजरबैजानले सान मारिनोलाई १-० ले हरायो ।
उता समुह एफ को खेलमा इंग्लण्डले स्लोभाकियालाई १-० ले हरायो । इंग्लण्डलाई विजयी गराउन एडम लालानाले ९० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
यही समुहको अर्को खेलमा स्कटल्याण्डले माल्टालाई ५-१ ले हराँउदा लिथुआनिया र स्लोभेनियाले २-२ गोलको बराबरी खेले ।
यसैगरी विश्वकप छनौट अन्तर्गत युरोपेली समुह ई को खेलमा डेनमार्कले अर्मेनियालाई १-० ले हराँउदा काजखस्तान र पोल्याण्डले २-२ गोलको तथा रोमानिया र मोन्टेनेग्रोले १-१ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्