 
	    काठमाडौं, भदौ २० । सोमबार पनि शेयरबजारमा दोहोरो अंकको बृद्धि जारी रह्यो ।
बजार परिसूचक नेप्से १९ अंकले उकालो लागेर १८ सय ३८ मा पुग्यो । कारोबार भएका अधिकांश समूह सकारात्मक रहेसँगै नेप्सेमा उल्लेख्य सुधार जारी रहेको हो ।
होटल समूहमा सबैभन्दा बढी ४९ अंकको सुधार आयो । वाणिज्य बैंक समूह २६ अंक, विकास बैंक समूह ११ अंक तथा अन्य समूह १० अंकले सकारात्मक रहे । जलविद्युत् र वित्त समूह पनि सामान्य अंकले सुधारिए ।
उत्पादनमूलक समूहमा भने ३३ अंकको गिरावट आयो । त्यस्तै, बीमा समूह सामान्य अंकले ऋणात्मक रह्यो ।
यसदिन १ सय ४४ कम्पनीको २२ लाख ४६ हजार बराबर कित्ता शेयर १ अर्ब ९२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्