Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सप्तऋषिको पूजाआजा गरी आजबाट हरितालिका तीज समापन गरिंदै


0
Shares

काठमाडौं, भदौ २१ । आज ऋषि पञ्चमी पर्व । हिन्दू महिलाहरुले आज सप्त ऋषिको पूजाआजा गरी हरितालिका तीजको ब्रत सम्पन्न गर्दैछन् ।

आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् ।

साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् ।

अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।

भविष्य पुराणका अनुसार रजस्वला भइसकेका नारीहरुले ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएको अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो

काठमाडौंको टेकूस्थित ऋषेश्वर महादेवको मन्दिरमा पूजा आराधना गर्नेको ठूलो भीड लागेको छ ।

कतिपय महिलाले भने घरमै ब्राह्मण पुरोहित बोलाई सप्तऋषिको पूजा गरिरहेका छन् । सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजनकिर्तन गर्ने चलन पनि छ ।