१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अनुदान रकम बुझ्न बैंकमा प्रभावितहरुको भीड


0
Shares

सिन्धुली, भदौ २१ । सरकारले भूकम्प प्रभावितलाई घरबास निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनुदान रकम वितरण गर्न थालेपछि सिन्धुलीका बैंकहरुमा अनुदान रकम लिन घुईंचो लागेको छ ।

सिन्धुलीमा भूकम्प प्रभावितहरुको घरबास निर्माणका लागि अनुदान वितरण गर्न सम्झौता गर्ने काम सम्पन्न भएसँगै प्रभावितहरु अनुदान रकम प्राप्त गर्न बैंकहरुमा धाउन थालेका हुन् ।

सिन्धुलीमा करिब ३५ हजार भूकम्प प्रभावितसँग घरबास निर्माणका लागि सम्झौता भइसकेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाबाट एक अर्ब रुपैयाँ वितरण भइसकेको भूकम्प पुनर्निर्माण जिल्ला स्तरीय समन्वय इकाईले जनाएको छ ।