चाडपर्वमा बसपार्क भित्रै हुन्छ नाचगान, यात्रुलाई सास्ती(भिडियो) • Image Khabar Image Khabar


चाडपर्वमा बसपार्क भित्रै हुन्छ नाचगान, यात्रुलाई सास्ती(भिडियो)


Imagekhabar
२१ भाद्र २०७३, मंगलवार १९:२१

चाडपर्वमा बसपार्क भित्रै हुन्छ नाचगान, यात्रुलाई सास्ती(भिडियो)

-टेकराज अवस्थी, ईमेज

डडेल्धुरा, भदौ २१ । डडेल्धुरामा ठूला कार्यक्रम आयोजना गर्न सार्वजनिक स्थान नभएपछि बसपार्कलाई विकल्पको रुपमा प्रयोग गरिँदै आएको छ ।

गौरा, तीज जस्ता पर्वका सार्वजनिक कार्यक्रमसमेत बसपार्कमै गरिँदा सर्वसाधारणलाई सास्ती हुने गरेको छ । डडेल्धुरामा रहेको एक मात्र बसपार्क अहिले ठूला कार्यक्रम आयोजना गर्ने थलो बनेको छ ।

साँघुरो बजार र राजमार्ग सडकको अवस्था तथा ठाउँको अभाबमा गौराका खेलहरु खेल्ने र तीज मनाउने महिलाहरुलाई असहज भएको हो ।

टाढाटाढाबाट सदरमुकाम डडेल्धुराको बसपार्क आउने क्रम बढेपछि बजार र बसपार्कमा भिडभाड हुंदा गाडीहरु व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई समेत हम्मे हम्मे पर्ने गरेको छ ।

गौरापर्व, तीज, दशैं, तिहार जस्ता पर्वमा हुने महोत्सवका लागि सरकारका सरोकारवाला निकायहरुले ठाउंका व्यवस्था गर्नु पर्ने धारणा स्थानीयबासीको छ ।

ग्रामीण क्षेत्रमा परम्परागत रुपमा गौराको बिधिवत पूजा र बिसर्जन समापन भएपछि सदरमुकामको मुख्य बजार बागबजारको बसपार्कमा गौरा पर्वमा गाईने चलन छ ।

फाग ,अठवाली ,महिला पुरुषहरुको चैत धुमारी डेउडा भव्य रुपमा खेलेर मनाईन्छ । यस्तै तीजका महिलाहरुले समेत यही जम्मा भएर नांचगान गर्ने गर्दछन् ।

जसले गर्दा यातायात व्यवस्था भने अस्तव्यस्थ बन्ने गरेको छ । एक साता यता जारी गौरा र तीज महोत्सवका कारण डडेल्धुराका तीन वटा यातायात व्यवसायी समितिका २ सय १५ र कार्यालयहरुका गाडीहरु, ट्याक्टर, निजी गाडीहरु लगायतलाई सडकका छेउमा राख्नु पर्ने बाध्यता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्