मृगौंलाका विरामी युवाको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु • Image Khabar Image Khabar


मृगौंलाका विरामी युवाको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु


Imagekhabar
२१ भाद्र २०७३, मंगलवार २०:३०

मृगौंलाका विरामी युवाको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु

काठमाडौँ, २१ भदौ । मिर्गौला बिग्रिएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको सोमबार राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ ।

दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हाम्फाल्दा गम्भीर घाइते भएकामा सोही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्