हलिया मुक्ति घोषणाको आठ बर्ष पुरा, अवस्था उस्तै • Image Khabar Image Khabar


हलिया मुक्ति घोषणाको आठ बर्ष पुरा, अवस्था उस्तै


Imagekhabar
२१ भाद्र २०७३, मंगलवार २०:३५

हलिया मुक्ति घोषणाको आठ बर्ष पुरा, अवस्था उस्तै

डडेल्धुरा, भदौ २१ । आज, हलिया मुक्ति दिवस । हलिया मुक्ति घोषणा भएको आठ वर्ष पुगेको छ । तर पनि हलियाहरुको उचित पुनस्र्थापना हुन सकेको छैन ।

२०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका सुदूरपश्चिमका हलिया समुदायको उत्थानका लागि २०६५ साल भदौ २१ गते सरकारले मुक्ति घोषणा गरे पनि वास्तविक हलियाको अवस्था भने उस्तै छ ।

सुदूरपश्चिमका ९ जिल्लाका १९ हजार ५९ घरधुरी रहेका हलियाले गाँस, बास र कपासका लागि संघर्ष गर्दै आएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । अहिले दाहाल पुनः सरकारको नेतृत्वमा छन् ।

तर मुक्त भइसकेका हलियाको पुनस्र्थापना हुन नसक्दा उनीहरु बाध्य भएर पुनः हलिया भएरै बस्न बाध्य छन् ।

हलियाहरुले पुस्तौनी रुपमा रहेको हलिया प्रथा अन्त्य गर्न माग गरेका छन् । उनीहरुले मुक्त हलिया परिचयपत्र वितरण गर्ने कार्यविधि नै अस्पष्ट र विवादास्पद भएकाले सच्याइ न्यायिक वर्गीकरण र वितरण कार्यलाई प्रभावकारी बनाउनसमेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्