प्रदेश–४ को नीति तथा कार्यक्रम पारित • Image Khabar Image Khabar


प्रदेश–४ को नीति तथा कार्यक्रम पारित


Imagekhabar
२९ जेष्ठ २०७५, मंगलवार ०७:१३

प्रदेश–४ को नीति तथा कार्यक्रम पारित

पोखरा, जेठ २९ । प्रदेश नम्बर–४ कोे प्रदेशसभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

छलफलकाक्रममा सत्तापक्षले नीति तथा कार्यक्रमले ५० वर्षको लक्ष्य बोकेको बताएपनि प्रतिपक्षी सांसदले भने नीति तथा कार्यक्रमलाई नेकपाको संयुक्त घोषणापत्रको टिप्पणी दिएका छन् ।

संसदमा उठेका प्रश्नको जफाव दिँदै मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले सरकारका लक्ष्य पूरा गर्न प्रतिपक्षीको सहयोग अपरिहार्य भएको बताए ।

आफूहरु नयाँ व्यवस्थामा रहेको बताउँदै मुख्यमन्त्री गुरुङले अबको व्यवहार आगामी पुस्तालाई कार्यादेश गर्ने खालको हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्