तस्करले हानेको गोली लागेर घाइते भएको गैंडाको मृत्यु • Image Khabar Image Khabar


तस्करले हानेको गोली लागेर घाइते भएको गैंडाको मृत्यु


Imagekhabar
२२ भाद्र २०७३, बुधबार ०२:०८

तस्करले हानेको गोली लागेर घाइते भएको गैंडाको मृत्यु

चितवन, भदौ २१ । रौतहटमा ६ ओटा गोली लागेर घाइते भएको गैंडा चितवनको सौराहामा उपचारकाक्रममा मंगलबार मरेको छ ।

यही भदौ ४ गते बिहान तस्करहरुले हानेको गोली लागेर घाइते भएको गैंडालाई चितवन लगेर उपचार सुरु गरिएको थियो ।

सोमबारमात्रै राम्रो उपचार भइरहेको र बाच्ने सम्भावना बढेको जानकारी दिएको निकुञ्जले मंगलबार भने गैंडा मरेको बताएको हो ।

उच्चस्तरको उपचार गर्दागर्दै पनि गैंडालाई बचाउन नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्