मनकामना मन्दिर जीर्णाेद्धारका लागि अभियान सुरु • Image Khabar Image Khabar


मनकामना मन्दिर जीर्णाेद्धारका लागि अभियान सुरु


Imagekhabar
२२ भाद्र २०७३, बुधबार ०२:४५

मनकामना मन्दिर जीर्णाेद्धारका लागि अभियान सुरु

नवराज छत्कुली (इमेज)

धादिङ, भदौ २१ । नेपालको प्रसिद्ध मनकाममा मन्दिर जीर्णाेद्धारको कार्य तीव्रगतिमा अघि बढिरहेको बेला ‘हामी सबैको पवित्र धरोहर, माता मनकामनाको बन्दैछ घर’ भन्ने अभियान सुरु भएको छ ।

मनकामना दर्शन प्रालि, मनकामना मन्दिर जीर्णाेद्धार समिति, उद्योग वाणिज्य संघ मनकामना इकाइलगायत स्थानीय होटलहरुको सहकार्यमा अभियान थालिएको हो ।

विनाशकारी मन्दिरमा क्षति पुर्‍याएपछि हाल यसको पुनःनिर्माणको काम भइरहेको छ । गोरखाको नमुना गाविसमा अवस्थित मनकामना मन्दिरको पाँच सय वर्ष लामो इतिहास छ ।

अहिले पुनःनिर्माणको ५० प्रतिशत काम सकिएको मनकामना मन्दिर जीर्णाेद्धार समितिले जनाएको छ । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले मन्दिरमा क्षति पुगेपछि दुई वर्षमा सक्नेगरी २०७२ साउन महिनाबाट पुनःनिर्माणको काम थालिएको थियो ।

कुल ८ करोड ४८ लाख को लागत अनुमानमा मन्दिर पुननिर्माण थालिएको समितिले जनाएको छ ।

मन्दिर जीर्णाेद्धारको लागि नेपाल सरकारबाट ४ करोड बराबरको वस्तुगत् सहयोग भएका र मनकामना दर्शन प्रालिले १ करोड सहयोग गरेको जनाइएको छ ।

दर्शन गर्न जाने यात्रुहरुलाई सोमबारदेखि भदौ मसान्तसम्मका लागि केबलकार टिकटमा १५ प्रतिशन छुट दिइएको छ । स्थानीय होटलले पनि यति नै प्रतिशत छुट दिएका छन् ।

माताको दर्शनको लागि केबलकार चढेर जाने यात्रुको संख्यामात्रै प्रतिवर्ष १० लाख रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्