पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध • Image Khabar Image Khabar


पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध


Imagekhabar
२२ भाद्र २०७३, बुधबार १५:३८

पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

चितवन, साउन २२ । चितवनको कालीखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक रातिदेखि अवरुद्ध हुन पुगेको छ ।

बुधबार बिहान करिब साढे १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडकमा खसेको पहिरो पन्छाउने काम जारी रहेको छ । डोजरको सहयोगमा प्रहरीले पहिरो पन्छाउने काम गरिरहेको र बाटो खुल्न अझै समय लाग्ने जनाइएको छ ।

पहिरोले सडक बन्द भएपछि अहिले चितवनबाट काठमाडौं र पोखरा जाने–आउने सयौं सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

उक्त ठाउँमा यही भदौ दोस्रो साता पनि पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । चितवनको मुग्लिन–नारायणगढ सडकको कालीखोलामा वर्षाका बेला प्रायः पहिरो जाँदै आएको छ ।

पहिरोका कारण सो क्षेत्र सबैभन्दा जोखिमपूर्ण बनेको छ । सो क्षेत्रमा सडक विस्तारको काम चलिरहेकाले सुख्खा समयमा समेत पहिरो खस्ने गर्दछ । (रासस)

प्रतिक्रिया दिनुहोस्