२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु


0
Shares

चितवन, भदौ २२ । चितवनको चण्डिभञ्याङ–६ स्थित चारकिलोमा पहिरो जाँदा मंगलबार रातीदेखि अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड संचालनमा आएको छ ।

मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक बिहान ९ बजेबाट दुईतर्फी संचालनमा आएको हो ।

सडक संचालनमा आएसंगै रातीदेखि रोकिएका सबारी साधन गन्तव्यतर्फ लागेका छन् । पहिरोले चण्डिभञ्ज्याङ्ग–९ का चार वटा टहराहरुमा समेत सामान्य क्षति पु¥याइएको छ ।

ती टहराहरुमा पसल संचालनमा रहेका थिए । नारायणगढ–मुग्लिङ सडकखण्डमा सडक बिस्तारको क्रममा रहेकोले सानो पानी पर्दा पनि पहिरो खसेर बाटो अवरुद्ध हुने गरेको छ ।