सिरहा, भदौ २२ । सिरहाको धनगढीमाई नगरपालिका–२ भवानीपुरमा चट्याङ लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर ३५ वर्षिय डुमरी सदा र उनका १२ वर्षिय छोरा सुरज सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
वारीमा तरकारी टिपीरहेको अवस्थामा परेको चट्याङ लागेर घाइते भएका सुरजको घरमै र आमा डुमरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।









प्रतिक्रिया दिनुहोस्