
दाङ, भदौ २२ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार ५१ किलोको मालाले स्वागत् गरेको छ ।
उनलाई सम्पूर्ण व्यवसायीको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले बुधबार तुलसीपुरमा आयोजित कार्यक्रमा सो मालाले स्वागत् गरेका हुन् ।
मन्त्री गिरीले दाङको विकास निर्माणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै अवरुद्ध तुलसीपुरको विमानस्थल सुचारु गर्न पनि पहल गर्ने बताए ।
यस विषयमा पर्यटन मन्त्रीसँग कुराकानी गर्ने र तुलसीपुर–सुर्खेत सडकखन्डको रोकिएको कालोपत्रे पूरा गर्न पहल गर्ने उनले जानकारी दिए ।
बुधबार नै सिँचाइमन्त्री गिरीलाई तुलसीपुर नगरपालिकाले पनि स्वागत् गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्