काठमाडौं, भदौ २२ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले नयाँ संविधान कार्यान्वयनको लागि प्रशासनिक क्षेत्रको पुनर्संरचना आवश्यक भएको उल्लेख गर्दै छिट्टै प्रशासनिक पुनर्संरचनाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भौगोलिक पुनर्संरचनाको साथसाथै प्रशासनिक क्षेत्रको पुनर्संरचनाका लागि पनि सरकारले काम गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्