‘इमेज लोक कलाकार’को अडिसन सुरु हुँदै, विजेतालाई एक लाख, एल्बम निकाल्ने अवसर • Image Khabar Image Khabar


‘इमेज लोक कलाकार’को अडिसन सुरु हुँदै, विजेतालाई एक लाख, एल्बम निकाल्ने अवसर


Imagekhabar
२३ भाद्र २०७३, बिहीबार ०१:०१

‘इमेज लोक कलाकार’को अडिसन सुरु हुँदै, विजेतालाई एक लाख, एल्बम निकाल्ने अवसर

पोखरा, भदौ २२ । इमेज च्यानलले आयोजना गर्न लागेको लोकगीत गायनको बृहत प्रतियोगिता ‘इमेज लोक कलाकार’ प्रतियोगिताको अडिसन आगामी शुक्रबार पोखराबाट सुरु हुँदैछ ।

इमेज च्यानलले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । इमेज च्यानलका कार्यकारी निर्माता अनुपा श्रेष्ठले कार्यक्रमबारे जानकारी दिइन् ।

कार्यक्रम पोखराको होटल जलमहलको चचहुई फनपार्कमा हुनेछ । इमेज लोक कलाकारको अडिसन भदौ २४ र २५ गते पोखरामा, त्यसपछि धरान र काठमाडौंमा हुनेछ ।

हराउँदै गएको लोक–संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यसँगै नयाँ प्रतिभाको खोजीस्वरुप यो प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

पोखरा अडिसनका लागि लोक कलाकारहरु पुरुषोत्तम न्यौपाने, तेजेन्द्र गुरुङ र शान्ति गुरुङ निर्णायकमा रहेका छन् ।

प्रतियोगितामा भाग लिन चाहनेले दुई सय रुपैयाँ शुल्क तिरेर आवेदन फारम भरी प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

अन्तिम चरणमा उत्कृष्ट हुने प्रतिभालाई नगद एक लाख रुपैयाँ राशीको पुरस्कारका साथै म्यूजिक भिडियोसहितको गीति एल्बम निकाल्ने अवसर प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्