२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


खाद्य, पेय तथा आतिथ्य सत्कार मेला भदौ ३१ देखि


0
Shares

काठमाडौं, भदौ २२ । खाद्य, पेय तथा आतिथ्य सत्कारसम्बन्धी मेला भदौ ३१ देखि असोज २ गतेसम्म काठमाडौंस्थित भृकुटीमन्डपमा हुने भएको छ ।

मेला आयोजक हाउस अफ राजकर्णिकारले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी गराएको हो ।

मेलामा ४ सय ब्रान्ड, २ सय संस्था, १ सय ५० स्टल रहने जनाइएको छ ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यसम्बन्धी जानकारी गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजक हाउस अफ राजकर्णिकारका प्रबन्ध निर्देशक वीरेन्द्र राजकर्णिकारले बताए ।

मेलामा विदेशी सेफहरुको पनि सहभागिता रहने जनाइएको छ ।

मेलामा ४० हजार सर्वसाधारणको र १२ हजार व्यवसायीहरुको सहभागिता रहने अपेक्षा आयोजकको छ ।