३० असार २०८२, सोमबार | Tue Jul 15 2025


पहिरोमा परी चार जना बालबालिकाको मृत्यु


0
Shares

पोखरा, भदौ २३ । कास्कीको लेखनाथ नगरपालिका–४ खरानीफाँटमा बुधबार राति गएको पहिरोमा पुरिंदा चार जना बालबालिकाको मृत्यु भएको छ ।

पहिरोले दुई घर पुरिँदा चार बालबालिकाको मृत्यु भएको हो । मत्यु हुनेमा १४ वर्गीय निसान सुनार, १० वर्षीया रन्जिना सुनार, ८ वर्षीया अजिल सुनार र चार वर्षीय सलमान सुनवार रहेको प्रहरीले जनाएको छ ।

पहिरो आएपछि भाग्ने क्रममा माया सुनुवार र चन्द्रकला सुनुवार घाइते भएका छन् ।

घाइते दुवै जनाको गण्डकी अञ्चल अस्पतामा उपचार भइरहेको छ । कास्की लेखनाथ नगरपालिका–६ मा समेत पहिरोले एक घर पुरिँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।