Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


अब न्यूनतम् १० कित्ता आवेदन गर्न पाइने


0
Shares

काठमाडौं, चैत २७ । सार्वजनिक सेयर निष्कासन गर्दा न्यूनतम् १० कित्ताका लागि पनि आवदेन दिन पाइने भएको छ ।

नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयरमा विद्यार्थी तथा निम्न वर्गलाईसमेत समेट्न भन्दै न्यूनतम् १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्थालाई अनिवार्य गरेको जनाएको हो ।

यसअघि, सजिलै प्राथमिक सेयर बिक्री हुने कम्पनीले न्यूनतम् १० कित्ताका लागि पनि आवेदन दिन पाउने व्यवस्था गरे पनि प्राथमिक सेयर बिक्री हुन नसक्ने अवस्थाका कम्पनीले भने न्यूनतम् ५० कित्ताका लागि आवदेन दिन पाउने व्यवस्था गर्दै आएका थिए ।

यस्तो समावेशी व्यवस्थाले पुँजीबजारमा विद्यार्थीसहित स–साना पुँजी भएको वर्गसमेतको सहभागिता बढ्ने र यो वर्षको एक नेपाली एक डिम्याट खाता अभियानमासमेत व्यापक सहभागिता बढ्ने बोर्डले जनाएको छ ।

Skip This