दुई पर्यटन व्यवसायीको संगठनबीच एकता • Image Khabar Image Khabar


दुई पर्यटन व्यवसायीको संगठनबीच एकता


Imagekhabar
२३ भाद्र २०७३, बिहीबार २२:२३

दुई पर्यटन व्यवसायीको संगठनबीच एकता

काठमाडौं, भदौ २३ । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ र राष्ट्रिय पर्यटन व्यवसायी संघबीच विहीबार एकता भएको छ ।

नेपाली कांग्रेसनिकटका यी दुई संस्थाबीचको एकतापछि संगठनको नाम नेपाल पर्यटन व्यवसायी संघ राखिएको छ । संघको अध्यक्षमा दीपक महत र सहअध्यक्षमा रामशरण थपलिया रहेका छन् ।

थपिलया यसअघि नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ र महत राष्ट्रिय पर्यटन व्यवसायी संघका अध्यक्ष रहेका थिए ।

उनीहरुले पर्यटन क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न तथा भूकम्पपछि शिथिल बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न आफूहरु प्रतिबद्ध रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्