काठमाडौं, चैत २७ । बुधबार पुनः पुँजीबजार सामान्य सुधारियो ।
अघिल्लो दिन १० अंकले झरेको नेप्से बुधबार ३ अंकलेमात्र सकारात्मक रहेर ११ सय ८४ अंकमा पुग्यो ।
कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से सुधारिएको हो ।
यसदिन निर्जीवन बिमा समूह २४ अंकले बढ्यो भने जीवनबिमा समूहमा पनि १२ अंकको सुधार भयो ।
वाणिज्य बैंक, व्यापार, उत्पादनमूलक, वित्त समूह सामान्य सुधारिँदा जलविद्युत् समूह भने ५ अंकले झर्यो ।
यसदिन १६९ कम्पनीका १६ लाख १२ हजार कित्ता सेयर ४१ करोड ४९ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्