Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


भाषा आयोगका अध्यक्षमा लवदेव अवस्थी चयन


0
Shares

                                                     फाइल फोटो

काठमाडौं, भदौ २३ । सरकारले भाषा आयोगका अध्यक्षमा डा. लवदेव अवस्थीलाई चयन गरेको छ ।

मन्त्रिपरिषदको विहीबार बसेको बैठकले सरकारका सचिवसमेत रहेका डा. अवस्थीको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानानुसार संविधान जारी भएको एक वर्षभित्र भाषा आयोग गठन गर्ने व्यवस्था छ । सो आयोगको कार्यकाल ६ वर्षको हुनेछ ।

संविधानको धारा २८७ मा भाषा आयोग गठन गरिने भन्ने प्रावधान भएबमोजिम शिक्षा मन्त्रालयको सिफारिसमा सचिव अवस्थीलाई आयोगको अध्यक्ष बनाइएको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

आयोगका अध्यक्ष एवं सदस्यको पदावधि ६ वर्षको हुनेछ । आयोगमा अध्यक्ष एवं आवश्यक संख्यामा सदस्य रहनेछन् ।

यस्तै, आगामी असोज १ र २ गते दक्षिण अमेरिकीमुलुक भेनेजुएलाको मागारिता टापुमा आयोजना हुने असंलग्न मुलुकको १७औं शिखर सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुनको नेतृत्वमा प्रतिनिधिमन्डल पठाउने निर्णय पनि मन्त्रिपरिषदको विहीबारको बैठकले गरेको सूचना तथा सन्चारमन्त्री कार्कीले जानकारी दिए ।

नेपाल लामो समयदेखि असंलग्न आन्दोलनमा संलग्न रहँदै आएको छ । यसअघि, इरानको राजधानी तेहरानमा उक्त सम्मेलनको आयोजना गरिएको थियो । रासस