![](https://www.imagekhabar.com/wp-content/uploads/2016/09/1473341150stock-final-final.png)
काठमाडौं, भदौ २३ । साताको अन्तिम दिन विहीबार शेयरबजार सामान्य अंकलेमात्र ऋणात्मक रहेर थामियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले ऋणात्मक रही १८ सय २३ कायम भएर थामियो ।
कारोबार भने औसत दिनसरह उच्च नै रह्यो । वित्त, वाणिज्य बैंक र अन्य समूह ओरालो लागेसँगै अरु समूह सकारात्मक रहँदा पनि नेप्से ऋणात्मक रहन पुगेको हो ।
वित्त र अन्य समूह ७/७ अंकले झरे भने वाणिज्य बैंक समूह ५ अंकले ओर्लिएको हो । होटल, जलविद्युत् र बिमा समूहमा भने उल्लेख्य अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीको साढे २१ लाख बराबर कित्ता शेयर डेढ अर्ब रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्