
काठमाडौं, भदौ २३ । कृषि सम्मानित पेशा बन्न नसकेकोमा सरोकारवालाहरुले गुनासो गरेका छन् ।
सम्मानित पेशा बन्न नसक्दा युवा जनशक्ति पलायन भएको र कृषिक्षेत्र महिला एवं बृद्ध–बृद्धाको काँधममा पुगेको उनीहरुको भनाइ छ ।
राष्ट्रिय कृषक समूह महासंघको विहीबार राजधानीमा भएको कार्यक्रममा सहभागीहरुले अत्यावश्यक मल, बीउ, प्रविधि, उपकरणलगायत पूर्वाधारमा आत्मनिर्भर हुनुको सट्टा परनिर्भर बन्दै गएको दुःखेसो पनि पोखे ।
दुईतिहाइ जनताको पेशा कृषि भएर पनि कृषिमा देश आत्मनिर्भर बन्न नसकेको महासंघले जनाएको छ ।
देश परनिर्भरतातर्फ केन्द्रित हुँदा पनि जिम्मेदार निकाय मौन बसेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्