२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


तीन वर्षदेखि उखुको भुक्तानी नपाएका कृषक आन्दोलित


0
Shares

सुनसरी, भदौ २४ । उद्योगपति दिवाकर गोल्छाले सुनसरी, मोरङ र झापाका ८ हजार उखु किसानको ४५ करोड रुपैयाँ भन्दा बढी भुक्तानी नदिएको गुनासो किसानले गरेका छन् ।

गोल्छाले सञ्चालन गरेको सुनसरीको अमाहिबेला गाविसस्थित इस्टर्न सुगर मिल्स लिमिटेडले उखुको रकम नदिएपछि किसानहरु एकसाथ आन्दोलनमा उत्रिएका छन् ।

तीन वर्षदेखिको उखुको मुल्य नपाएपछि चिनी मिल सञ्चालकसँग सुनसरी, मोरङ र झापाका किसानले रकम भुक्तानीको व्यवस्था मिलाई दिन सरकारसँग माग गरेका छन् ।

उखुको रकम माग गर्दै पटक–पटक आन्दोलन गर्दासमेत नपाएपछि किसानहरुले सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।