
रसुवा, भदौ २४ । यातायातका साधन सञ्चालनमा नआएपछि रसुवाको दुर्गम क्षेत्रका बासिन्दा खच्चडबाटै उपभोग्य र निर्माण सामाग्रीको ढुवानी गर्न थालेका छन् ।
वर्षातका समयमा जिल्लाका अधिकांश सडक सञ्चालनमा आउन नसकेपछि ग्रामिण क्षेत्रका बासिन्दाले दैनिक बढी भाडा तिरेर खच्चडबाटै ढुवानी गर्न बाध्य भएका हुन् ।
प्राविधिक सर्भे विनै हिउँद महिनामा बनाइएका कच्ची सडक वर्षातका बेला भत्किने गरेका छन् । रसुवाको बृद्विम, ठूलोस्याफ्रु, यार्सा, लाङटाङ तथा सरमथलीलगायतका दुर्गम स्थानका बासिन्दाले खच्चरबाटै ढुवानी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्