नाचगानमा हिँडेका व्यक्ति मृत फेला • Image Khabar Image Khabar


नाचगानमा हिँडेका व्यक्ति मृत फेला


Imagekhabar
२४ भाद्र २०७३, शुक्रबार १७:५१

नाचगानमा हिँडेका व्यक्ति मृत फेला

गुल्मी, भदौ २४ । जिल्लाको जैसीथोक–५ निवासी ३७ वर्षीय जनक पोखरेल बिहीबार साँझ जैसीथोक गाउँ विकास समिति–४ स्थित छापेखोलामा मृत अवस्थामा फेला परेका छन् ।

यही भदौ २१ गते साँझ घरबाट नाचगानमा हिँडेका जनक घर नफर्किंदा घरपरिवारले खोजी गरिदिन स्थानीयवासीसँग आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख भोला रावलका अनुसार चाडपर्वको समयमा साथीभाइसँग मदिरा सेवन गरी झगडा गरेको प्रारम्भिक चरणमा खुल्न आएको छ ।

रावलका अनुसार उनी अत्यधिक मदिरा सेवन गरी भिरबाट लडेको हुनसक्ने बताइएको छ । झगडा गर्ने सातजनालाई नियन्त्रणमा लिइएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्