
ताप्लेजुङ, भदौ २४ । एक सातादेखि अबरुद्ध हुँदै आएको मेची राजमार्गअन्तर्गतको ताप्लेजुङ–पाँचथर सडकखण्ड शुक्रबार बिहानबाट सञ्चालनमा आएको छ ।
भदौ १७ गते राति झरेको पहिरोले भत्काएको सडक निर्माण गरिएसँगै सडकखण्ड सञ्चालनमा आएको सडक डिभिजन कार्यालय ईलामका ईन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए ।
पहिरोले सडक नै बगाएको धुसेनी भिर क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरी अन्य स्थानमा सडक मर्मत गरेकाले शुक्रबार विहानबाट साना सवारी साधन सञ्चालनमा आएको उनले बताए ।
राजमार्गमा ठूला सवारी सञ्चालनका लागि भने अझै केही दिन लाग्ने सडक डिभिजन कार्यालय ईलामले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्