२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घोप्टेभिरबाट त्रिशुलीमा ट्रक खस्यो


0
Shares

चितवन, भदौ २४ । चितवनको नारायणगढबाट सामान लिएर काठमाडौं आउन लागेको ना३ख ६०१७ नम्बरको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोक–३ स्थित घोप्टेभीरबाट केहीबेर अघि त्रिशुली नदीमा खसेको छ ।

ट्रक नदीमा डुबेको छ भने घटनास्थलमा उद्धारका लागि मुग्लिङबाट प्रहरीको टोली गएका छन् ।

दुर्घटनाको बिस्तृत विवरण भने आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।