२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संवैधानिक मान्यताविपरीत सरकार चल्न थाल्यो : नेम्वाङ


0
Shares

विराटनगर, भदौ २४ । पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङले अहिलेको सरकार संविधानले स्थापित गरेको मान्यता विपरीत चल्न थालेको आरोप लगएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान कार्यान्वयनको दिशामा पटक्कै काम गर्न नसकेको आरोप लगाए ।

अघिल्लो सरकारले गरेका निर्णय उल्टाउँदै जानुले अहिलेको सरकार सहमतिको पक्षमा छैन भन्ने पुष्टि भएको नेम्वाङको भनाइ थियो ।