
राजु चौधरी (इमेज)
अपडेट
चितवन, भदौ २४ । पृथ्वी राजमार्गअन्तर्गत् चितवनको दारेचोक गाविस–३ घोप्टेभिरबाट शुक्रबार त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ ।
नारायणघाटबाट काठमाडौंतर्फ जाँदै गरेको ना३ख ६०१७ नम्बरको मालबाहक ट्रक बिहान १०ः४५ बजेतिर नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
भीरमा ट्रकको नम्बर प्लेट र चाउचाउ, बिस्कुटका प्याकेट भेटिएपनि ट्रक भने नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।
ट्रकमा दाङ–लालमटिया, मौरीघाटका चालक कालीप्रसाद चौधरी र सहचालक प्यूठान, गोठेभाग–७ का लाले मगर रहेको मुग्लिन प्रहरीले जनाएको छ । उनीहरुको अवस्था पनि अज्ञात रहेको छ ।
ट्रक र बेपत्ताको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले जानकारी दिए ।
घटनास्थलमा उद्धारका लागि मुग्लिङबाट प्रहरीको टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्