नेपाल–भारतको तिलाठीमा हराएको सीमास्तम्भ भेटियो • Image Khabar Image Khabar


नेपाल–भारतको तिलाठीमा हराएको सीमास्तम्भ भेटियो


Imagekhabar
२४ भाद्र २०७३, शुक्रबार २१:५६

नेपाल–भारतको तिलाठीमा हराएको सीमास्तम्भ भेटियो

                                                              फाइल फोटो
सप्तरी, भदौ २४ । नेपाल–भारत सीमासँग जोडिएको सप्तरीको तिलाठीमा लामो समयदेखि हराइरहेको सीमास्तम्भ (पिलर) बिहीबार फेलापरेको छ ।

सप्तरीको तिलाठी गाविसस्थित दशगाजा क्षेत्रमा रहेको २२३ नम्बरको मुख्य स्तम्भ (पिलर) भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

केही दिनअगाडि खाँडोखोलामा आएको बाढीसँगै बालुवाले पुरिएको हुनसक्ने सशस्त्र प्रहरीको अनुमान रहेको छ ।

सशस्त्र प्रहरी बेसक्याम्पका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठकाअनुसार बाढी र हिलो बालुवाले पुरिएपछि स्तम्भ नदेखिएपछि विशेषरुपमा त्यसको खोजी भएको थियो ।

करिब एक महिनाअगाडि सप्तरीको तिलाठीमा भारतीय पक्षबाट बाँध बनाउने विषयमा सीमा क्षेत्रका भारतीय र नेपालीबीच विवाद भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्