२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सेनाको ब्यारेक नराख्न माग गर्दै स्थानीयद्वारा विरोध


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, भदौ २४ । पर्वतको कुश्मा नगरपालिका–७ दुर्लङका बासिन्दाले गाउँमा सेनाको तालिम केन्द्र नराख्न माग गरेका छन् ।

नेपाली सेनाले अनुमतिबिना तालिम केन्द्र खडा गर्न लागेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

दुर्लुङ–७ चनौटेका बासिन्दाले नेपाली सेनाले स्थानीय जग्गादाताको सहमतिमा ब्यारेकका लागि अधिग्रहण प्रक्रिया अघि बढाएकोमा गाउँले तथा स्थानीय सामुदायिक वनका उपभोक्ताको विरोध जनाएका हुन् ।

चनौटे सामुदायिक वन क्षेत्रमा सूचीकृत लोपोन्मुखक सालक, ३६ प्रकारका चराचुरुंगी, १६ भन्दा बढी प्रजातिका जीवजन्तु, बाघ, चरीबाघलगायतका महत्वपूर्ण वन्यजन्तु पाइने गर्दछ ।

उक्त वनक्षेत्र सेनाको तालिम केन्द्रको फायरिङ रेन्जभित्रै पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।