काठमाडौं, भदौ २४ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले चैत मसान्तसम्म स्थानीय तहको निर्वाचन गरिने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ‘सरकारको प्राथमिकता नै संविधान कार्यान्वयन हो’–भने ।
मधेसकेन्द्रित दलको मागबमोजिम संविधानको सशोधन गरेर अगाडि बढ्ने दाबी गर्दै मन्त्री निधिले ७ बुँदे र ३ बुँदे सहमति त्यसैका लागि भएको तर्क गरे ।
प्रतिक्रिया दिनुहोस्