
अनिल तिवारी (इमेज)
वीरगन्ज, भदौ २४ । वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालालाई शुक्रबार उनकै कार्यालयका प्रशासकीय अधिकृत रामदयाल यादवले कुटपिट गरेका छन् ।
करारमा रहेका चालकहरुको तलब बृद्धिसम्बन्धी विषयलाई लिएर यादवले कार्यालयमै कोइरालालाई हात हालेको अरु कर्मचारीहरुले बताएका छन् ।
कार्यकारी अधिकृत कोइरालाले कुटपिटबारे माथिल्लो तहमा जानकारी गराएको र यादवविरुद्ध सार्वजनिक मुद्दा दायर गर्ने बताएका छन् ।
छोटो भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्