२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


कोरोना नेपाल सम्मान साँझ आयोजना


0
Shares

काठमाडौं, भदौ २४ । मानसिकरुपमा अशक्त महिलाको उपचार र पुनःस्थापनाका लागि कार्यरत् संस्था कोरोना नेपालले शुक्रबार राजधानीमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेकोे छ ।

कार्यक्रममा नृत्यनिर्देशक सावित्री केसी, पत्रकार ऋषि धमला, समाजसेवी तिलबहादुर कार्कीलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल संगीत तथा नृत्य प्रतिष्ठानका कुलपति सरुभक्तले कोरोना नेपालको कार्यको प्रशंसा गरे ।

कार्यक्रममा समाजसेवी इन्दिरा मानन्धरले समाजसेवा नै सबैभन्दा ठूलो मानवधर्म भएको बताइन् ।

सम्मान कार्यक्रमपछि आयोजित सांस्कृतिक कार्यक्रममा कुन्ती मोक्तान, निर्णय श्रेष्ठ, इतु जोजुलगायत लोकप्रिय कलाकारले गीत प्रस्तुत् गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत् गरेका थिए ।

कोरोना नेपालले चलाइरहेको सेफ होममा आश्रय लिइरहेका महिला मानसिक रोगी र सडक बालिकाका लागि खर्च जुटाउन सांस्कृतिक कार्यक्रम गरिएको हो ।

मानसिक रोगी महिलाको उपचार र सडकबालिकाको उद्धार तथा पुनःस्थापनमा तीन वर्षअघिदेखि सक्रिय कोरोना नेपालले गत वर्षको वैशाखको विनाशकारी भूकम्पपछि मानसिक रोगी महिला र सडकबालिकालाई आश्रय दिने उद्देश्यले सेफ होम सन्चालनमा ल्याएको हो ।